प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.८२ अंकले बढ्यो !

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.८२ अंकले बढेको छ। 

सोमबार २.१५ अंकले बढेर २,४८८.०९ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,४९३.९२ मा खुलेको हो। कुल ६७,१८८ कित्ता सेयरको खरिदबिक्री करिब २ करोड ४५ लाख ८४ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ६४ कम्पनीमध्ये ३३ को मूल्य बढ्यो भने १३ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल १३६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top