लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधारणसभा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधारणसभा भदौ ७ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

सभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आर्थिक वर्ष (आव) २०७९।८० को वार्षिक एवम् लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।

साधारणभसा प्रयोजनार्थ कम्पनीले साउन २४ गते १ दिन बुक क्लोज गर्नृे निर्णय गरेको छ । यसका आधारमा साउन २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन र कम्पनीले पारित गरेको लाभांश पाउन योग्य हुनेछन् ।

एजेन्सी

Comments

Back to top