नेप्सेमा सामान्य अंकको वृद्धि, १३ अर्ब ९१ करोडको सेयर कारोबार !

सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २,४८८.०९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयरको करिब १३ अर्ब ९१ करोड ५५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११५ कम्पनीको सेयर मूल्य बढेको छ, १२१ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९४% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ९४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को धेरै कारोबार भयो।

Comments

Back to top