सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता ३४८ रुपैयाँमा शेयर बिक्रीमा

सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ निर्धारण गरेको छ । यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्थाहरूले खरीदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदको माग सहित आवेदन दिन सकिनेछ । आवेदन आज साउन ४ गतेदेखि १३ गते कार्यालय सयमभित्र पेश गरिसक्नु पर्नेछ ।

बोलफत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा बुझाउनु पर्नेछ । आवेदन फाराम पनि सोही स्थानमा पाइनेछ ।

एजेन्सी

Comments

Back to top