शिभ श्री हाइड्रोपावरले डेढ अर्ब रुपैयाँको हकप्रद निष्काशन गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा थप एक हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा रहेको छ । शुक्रबार बोर्डले शिभ श्री हाइड्रोपावरले १ः१ को अनुपातका हकप्रद शेयर निष्काशन पाइपलाइनमा राखेको हो ।

कम्पनीले १ः१ का अनुपातले १ करोड ४७ लाख ६४ हजार कित्ता बराबरको १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रयोजनको लागि सिटिजन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एजेन्सी

Comments

Back to top