प्राइम कमर्सियल बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नसमेत बैंकले आग्रह गरेको छ ।

एजेन्सी

Comments

Back to top