नेप्सेमा ५९.६८ अंकको वृद्धि, १५ अर्ब ५४ करोडको सेयर कारोबार !

बिहिबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २,४२४.३२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१२ कम्पनीको कुल ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयरको करिब १५ अर्ब ५४ करोड ८८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ, ९५ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा नेपाल इन्भेष्टमेन्ट मेघा बैँक लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, थ्री स्टार हाइड्रोपवार लिमिटेड र अंखु खोला जलविद्युत रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा कुमारी सबल योजना रहेकाे छ जसको सेयर मूल्य ५.७६% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपर तामाकोशी हाइड्रोपवार लिमिटेडको धेरै कारोबार भयो।

Comments

Back to top