नेप्सेमा ५४.०४ अंकको वृद्धि, १२ अर्ब ५ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक ५४.०४ अंकले बढेर २,३६४.६३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०६ कम्पनीको कुल ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयरको करिब १२ अर्ब ५ करोड ९२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २०४ कम्पनीको सेयर मूल्य बढेको छ, ३२ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ । 

प्रमुख कारोबार

यस दिन टप गेनरमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स् म्युचुअल फण्ड २ रहेकाे छ जसको सेयर मूल्य ९.९०% ले घटेको छ। कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपवार कम्पनी लिमिटेडको धेरै कारोबार भयो।

Comments

Back to top