सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

साथै बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

सिद्धार्थ ग्रुप अन्तर्गतको आइपिओ जारी गर्न लागेको कम्पनी सिद्धार्थ इन्टरनेशनल होटललिमिटेड अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् ।

मंगलबार विहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्षमण)न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आइपीओ निष्कासन गरिने जानकारी दिए । उनका अनुसार कूल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

एजेन्सी

Comments

Back to top