नेप्से इन्ट्राडे अपडेट: ३५.२२ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ३५.२२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३५.२२ अङ्कले बढेर २,२७५.६३ मा आएको हो। ३०४ कम्पनीको १०,९३८,३३९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ७० करोड बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा बरुण हाइड्रोपावर लिमिटेड र अंखु खोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा एनआइबिएल ग्रोथ फण्ड रहेकाे छ जसको सेयर मूल्य ९.९६% ले घटेको छ।

 

Comments

Back to top