यी हुन् सबैभन्दा धेरै जनसंख्या भएका शहरहरु

आर्थिक उपज, आधारभूत संरचना र अरु आरामको लागि शहरी  क्षेत्रहरुमा जनसंख्या बढ्दो क्रममा छ । विशेष गरी सांघाइ, बेइजिङ्, ढाका, टोकियो, दिल्ली, कराँची, मुुम्बइजस्ता एसियाका शहरहरुमा अप्रत्याशित तरिकाले जनसंख्या बढिरहेको छ । अफ्रिकन देशमा एउटा मात्र शहर किन्शासा पर्दछ । विश्वको  सबैभन्दा धेरै जनसंख्या भएका शहरहरुको बारेमा यहाँ संक्षिप्त वर्णन गरिएको छ ।

१. सांघाईः चीनको शहर सांघाई एसियाको मात्र नभई विश्वकै ठूलो जनसंख्या भएको शहर हो । सांघाईमा २४.१ मिलियन जनसंख्या रहेको छ । उन्नाइसौँ शताब्दिमा सांघाईको  आर्थिक सम्भावनाले गर्दा बेलायत र फ्रान्सले उक्त स्थान ओगट्न खोजेका थिए । अहिले सांघाई शहर आर्थिक र व्यापारको उच्चतम बिन्दुमा छ । सांघाई शहरमा लोकल चिनियाँ मात्र नआई जापान, कोरिया र अमेरिकाबाट पनि बसाइ सरेर आउँछन् ।

२. बेइजिङः बेइजिङ शहर चीनको राजधानी हो । चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङमा १८.५ मिलियन जनसंख्या छ । बेइजिङलाई पेकिङ् भनेर पनि चिनिने गरिन्छ । चीनको प्राचीन मुख्य चार शहरमध्ये बेइजिङ् पनि पर्दछ । सन् १९४९ पछि बेइजिङ् औद्योगिक क्षेत्रको रुपमा स्थापित भएको हो ।

३. कराँचीः कराचीँ  पाकिस्तानको शहर हो । कराँची सिन्ध प्रदेशको राजधानी पनि हो । जहाँ १८ मिलियन जनसंख्या छ। सन् १७२९ तिर कराँचीलाई गाढिएको गाउँ कोलाची भनेर भनिन्थ्यो । कराँची अनेक जाति, धर्म भएका मानिसहरु बसोबास गर्नाले पाकिस्तानको धर्मनिरपेक्ष शहरको रुपमा चिनिने गरिन्छ ।

४.  इस्तानबुलः इस्तानबुल शहर टर्कीमा पर्दछ । इस्तानबुलमा १४.६ मिलियन मानिसहरु बसोबास गर्दछन् । वार्षिक लाखौँ पर्यटकहरु इस्तानबुलमा घुम्न आउँछन् । पर्यटकीय गन्तव्यको रुपमा  युरोपपछि धेरै खोजिएको ठाउँ हो इस्तानबुल । इस्तानबुल इतिहास, कला र संस्कृतिमा धनी छ ।

५. ढाकाः ढाका शहर सत्रौँ शताब्दीदेखि अनेक साम्राज्य तथा देशहरुको राजधानीको  रुपमा र व्यापारिक केन्द्रको रुपमा रहेको थियो । सन् १९७१ मा भने स्वतन्त्र बंगलादेशको राजधानी बनेको थियो । ढाकामा १४.५ मिलियन मानिसहरु बसोबास गर्दछन् । जनसंख्याका हिसाबले बंगलादेशको मात्र नभई दक्षिण एसियाको प्रमुुख शहरको रुपमा ढाका पर्दछ । बितेका केही दशकमा ढाकामा जनसंख्या अधिक बढेको छ।

६. टोकियोः टोकियो होन्सु आइसल्याण्डको पूर्वी तटमा पर्दछ। टोकियो शहर जापानको राजधानी हो । सन् १८६८ भन्दा पहिले टोकियोलाई इडो भनिन्थ्यो । टोकियोमा १३.६ मिलियन जनसंख्या रहेको छ । टोकियो शहर विश्वको महँगो अनि अति व्यस्त शहर भनेर पनि चिनिन्छ ।

७. मस्कोः मस्को रुसको ठूलो शहर अनि राजधानी पनि हो । रुसको मध्यभागमा पर्ने मस्क्भा नदीको किनारमा मस्को शहर रहेको छ । मस्कोमा १३.१ मिलियन मानिसहरु बसोबास गर्दछन् । मस्को वास्तुकलामा निकै धनी छ ।

८. मनिलाः मनिला शहर सन् १५७१ मा स्पेनिसद्वारा पहिलो पटक भेटाइएको थियो । अनेक वास्तुकलाको घरकोे रुपमा रहेको यो शहरको रौनक छुट्टै छ । मनिला फिलिपिन्सको राजधानी तथा ठूलो शहर हो । सन् १९०५ मा अमेरिकन वास्तुविद ड्यानियल बर्नहामद्वारा मनिला शहरको डिजाइन गरिएको हो । मनिलामा १२.८ मिलियन मानिसहरुको बसोबास छ ।

९. टिनजिनः टिनजिन शहर चीनको उत्तरी तटिय क्षेत्रमा पर्दछ । टियाजिनमा १२.७ मिलियन मानिसहरु बस्दछन् । टिनजिन शहर बेइजिङ् जाने मुख्य द्वार हो । यहाँको युरोपियन वास्तुकलाले उपनिवेशको इतिहास झल्काउँछ । यस शहरको ग्रोस डोमेस्टिक प्रोडक्ट १.५७२ ट्रिलियन युआन छ ।

१०. मुम्बइः मुम्बइ भारतको ठूलो शहर हो । १२.४ मिलियन मानिसहरु भारतको मुम्बइमा बस्दछन् । सत्रौँ शताब्दीमा बेलायतको उपनिवेशपश्चात मुम्बइको विकास भएको हो । अठारौँ शताब्दीमा मुम्बइ औद्योगिक क्षेत्रको घर बन्यो । भारतका धेरैजसो करोडपति र अर्बपति मुम्बइमा नै बस्छन् ।  मुम्बइ कलामा पनि धनी मानिन्छ ।

एजेन्सी

Comments

Back to top