सिसाको भुइँ भएको विश्वको सबैभन्दा लामो पुल

भियतनामले चीनबाट सिसाको भुइँ भएको विश्वको सबैभन्दा लामो पुलको उपाधि जितेको छ । चिनमा त्यस्तो सबैभन्दा लामो पुल छ जसको नाम व्हाइट ड्रयागन हो। यो सिसाको भुइँ भएको संसारको सबैभन्दा लामो पुल थियो । यद्यपि भियतनाममा हालसालै खोलिएको सर्वाधिक लामो पुलको नाम बाच लङ राखिएको छ, जसको अर्थ सेतो ड्रयागन हाे।

बाच लङ १५० मिटर छ । यो सोन ला प्रान्तमा रहेको वर्षावन माथिबाट जान्छ । यो मोक चाउ टापुमा छ। आधा किलोमिटर भन्दा बढी लामो यो पुलको माध्यमबाट मानिसहरूले ६३० मिटर लामो रोमाञ्चक पैदल यात्रा गर्न पाउँछन्, जसले उपत्यका माथि दुई भाग लाइ जोड्दछ । यो पुलको भुइँ टेम्पर्ड ग्लासबाट बनेको छ जसले एक पटकमा ४५० जना मानिसको भार थेग्न सक्छ ।

पुल सञ्चालन गर्ने कम्पनीका प्रवक्ता होआङ म्यान डुई भन्छन् – मानिसहरूले यो पुलमा उभिएर तलको प्राकृतिक सौन्दर्यको मजा लिन सक्नेछन्। अधिकारीहरुका अनुसार यो अब विश्वको सबैभन्दा लामो सिसाको पुल बनेको छ, यो उपाधि यसअघि चीनको ग्वाङडोङमा बनेको पुलले राखेको थियो । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अधिकारीहरूले यो पुलको भ्रमण समेत गरेका छन् ।

भियतनामले यो पुलबाट ठूलो आशा राखेको छ। यो पुल हेर्न अन्तर्राष्ट्रिय पर्यटक तान्ने देशको अपेक्षा छ । मानिसहरु यो पुलमा डराएर हिँडिरहेका छन् । यो पुल खुलेसँगै यहाँ आन्तरिक पर्यटकको भीड बढेको छ भने पुलमा डराएर हिँडेको भिडियो भाइरल समेत भैरहेको छ ।

एजेन्सी

Comments

Back to top