मसला बेच्न हिँडेका कोलम्बसले कसरी पत्ता लगाए अमेरिका ?

आजको विश्व साम्राज्यको केन्द्र हो अमेरिका। त्यही विश्व साम्राज्य एवं विश्व शक्तिको केन्द्र अमेरिका पत्ता लगाउने व्यक्ति थिए क्रिस्टोफर कोलम्बस। उनले व्यापारिक विश्वयात्राका क्रममा नै अमेरिका पत्ता लगाएका थिए। त्यसैकारण उनी विश्वभरि चर्चित भए।

अमेरिका पत्ता लगाउने विश्वप्रसिद्ध व्यक्ति कोलम्बसको जन्म कुन महिनामा भयो भन्ने इतिहासमा एकिन मिति भेटिँदैन। यद्यपि, उनको जन्म सन् १४५१ को अगस्ट २२ देखि अक्टोवर ३१ को अवधिको बीचमा भएको अनुमान गरिएको छ। उनको जन्म जेनोआ गणतन्त्रमा भएको थियो, जुन स्थान हालको इटालीमा पर्दछ। उनी रोमन क्याथोलिक धर्मका समर्थक थिए। उनकी एक श्रीमति फिलिपा मोनिज पेरेस्ट्रेलो र २ सन्तान डियगो र फर्नान्डो थिए।

कोलम्बस एक इटालियन अन्वेषक थिए। उनले एटलान्टिक महासागर पार गरेर अमेरिकाको विजय र स्थायी यूरोपीय उपनिवेशका लागि नयाँ विश्व खोजका लागि चार वटा यात्रा पूरा गरे। कोलम्बसले सुदूरपश्चिमको पश्चिमतर्फको मार्ग पत्ता लगाउने र विकास गर्ने अभिप्राय लिएर अघि बढेका थिए। तर, त्यसको सट्टा अमेरिकाका लागि मार्ग पत्ता लगाए, जुन त्यतिबेला पुरानो संसारका लागि अज्ञात थियो।

कोलम्बसको यात्रा क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकाको पहिलो युरोपेली अभियान थियो। उनले स्थापना गरेका उपनिवेशहरूको स्पेनीमा आधारित अभियान र शासनको सञ्चालन कास्टाइलकी महारानी इसाबेला प्रथम र अरागोनका राजा फर्डिनाण्ड द्वितीय, बढ्दो स्पेनी साम्राज्यको क्याथोलिक सम्राटहरूले गरेका थिए। कोलम्बसले कहिल्यै पनि आफ्नो सुदूर पूर्वमा पुगेको विश्वासलाई स्पष्टसित इन्कार गरेनन्।

कोलम्बसको प्रारम्भिक जीवन केही अस्पष्ट छ। तर, विद्वानहरू सामान्यतः यस कुरामा सहमत छन् कि उनको जन्म गणतन्त्र जेनोवामा भएको थियो। उनी लिगुरियन भाषिक सभ्यताका थिए। उनी कलिलो उमेरमा समुन्द्रमा गए र उत्तरतिर ब्रिटिश टाँपुहरू (आइसल्याण्ड) र अहिले घानाको दक्षिणी भागसम्म व्यापक यात्रा गरे। उनले पोर्तुगाली कुलका फिलिप मोनिज पेरेस्ट्रेलोसँग विवाह गरे र धेरै वर्ष उनी लिस्बनमा रहे।

कोलम्बसले व्यवहारिक जीवनबाट नै धेरै शिक्षा लिएका थिए। उनी भूगोल, खगोल, विज्ञान र इतिहास सम्बन्धी ज्ञानका विज्ञ नै थिए। उनले आकर्षक मसलाको व्यापारबाट फाइदा पाउने आशामा पूर्वी इण्डिजको पश्चिमी समुद्री यात्रा गर्ने योजना बनाएका थिए। धेरै वर्ष उनले मसलाको व्यापारका लागि पहल गरेका थिए। त्यसपछि फर्डिनान्ड र कास्टाइल अफ क्रास्टाइनको नाममा मसलाको व्यापारका लागि समझदारी कायम भयो।

कोलम्बसले सन् १५९२ अगस्टमा तीन जहाजसहित कास्टाइल छोडे र क्यानरी टाँपुमा रोकिएपछि १२ अक्टुबरमा जहाज अमेरिकामा अवतरण भयो, पछि त्यसलाई कोलम्बस दिवसका रुपमा मनाउन थालियो। कोलम्बसको जहाज बहामास टाँपुमा अवतरण भएको थियो, जसलाई यसका पुराना बासिन्दाहरूले गुनाहानी भनेर चिन्दछन्। यसको सही स्थान अझै पनि अनिश्चित नै भएको मानिन्छ।

त्यसको केही समयपछि कोलम्बसले क्युबा र हिस्पानियोला भनेर चिनिने टाँपुहरूको भ्रमण गरे र हाइटीमा एउटा उपनिवेश स्थापना गरे, जुन अमेरिकामा नोर्स उपनिवेशहरूको ५०० वर्ष अघि पहिलो युरोपेली बस्ती हो। त्यसपछि कोलम्बस सन् १४९३ को सुरुमा क्यास्टाइल फर्किए। उनले अमेरिकामा मानव वस्ती भएको कुरा पहिलोपटक विश्वसमुदायका बीच स्थापित गरे। त्यसपछि कोलम्बसको ख्याति र नयाँ देश अमेरिकाको चर्चा यूरोपभर फैलियो।

कोलम्बसले सन् १४९३ मा लेसर एन्टिल, सन् १४९४ मा त्रिनिदाद र दक्षिण अमेरिकाको उत्तरी तट र सन् ११५०२ मा मध्यअमेरिकाको पूर्वी तटको भ्रमण गरे। उनका ती यात्रा पनि नयाँ विश्वको खोजीका लागि सहायकसिद्ध भए। उनले आफूले पत्ता लगाएका टाँपुहरुको भौगोलिक अवस्थिति र स्थानीय विशेषताअनुसार नाम राख्दै गए। उनले राखेका ‘स्टिलर टाँपु’हरुको नाम अहिले पनि विश्वप्रख्यात छन्।

उनले पूर्वी इण्डिजको बाटो खोज्न जारी राखे। उनको अमेरिका स्वतन्त्र भूमि हो वा होइन भन्ने विषयमा लामो जाँचबुझ जारी राखे। अन्तिममा उनले निष्कर्ष निकाले, ‘अमेरिका एउटा नयाँ राष्ट्र हो। तर, स्वतन्त्र राज्य हो कि होइन, त्यो अनिश्चित छ।’ उनले ती टाँपुमा बसोबास गरेका आदिवासी मानिसहरूलाई इण्डियोज (भारतीय) नाम दिए। कोलम्बसको खोज स्पेनी शासक र अमेरिकी औपनिवेशिक शासकहरुका लागि मान्य थिएन। त्यसैले सन् १५०० मा उनलाई गिरफ्तार गरी फिर्ता पठाइयो।

कोलम्बसको अभियानले अन्वेषण, विजय र औपनिवेशिकरणको उद्घाटन गर्‍यो, जुन शताब्दीयौंदेखि चलेको थियो, त्यसले आधुनिक पश्चिमी विश्वको निर्माणमा सहयोग पुर्‍यायो। कोलम्बसको यात्राले पूरानो विश्वलाई नयाँ विश्वसँग परिचित मात्र गराएन, मानव इतिहासमा सभ्यताका नयाँनयाँ तथ्य खोज्नसमेत अभिप्रेरित गर्‍यो। उनको आगमन हुनुभन्दा अघि अमेरिकामा मानव बसोबासको अवधिलाई पूर्व कोलम्बियाई युगको रूपमा चित्रित गरिएको छ।

कोलम्बसका विरोधीहरु उनले सुनको खोजीमा आदिबासी जनजातिहरुलाई दास बनाएको र बर्बर दमन गरेको भन्ने गर्दछन्। साथै उनलाई स्पेनी उपनिवेशवादको प्रवर्धन गरेको आरोप पनि लाग्ने गरेको छ। तर, उनका समर्थकहरु विश्वमा नयाँ सभ्यताको सुत्रपात भएकाले कोलम्बस महान् व्यक्तित्व भएको बताउँछन्। पश्चिमी गोलार्धमा धेरै स्थानहरू र संस्थाहरू उनकै नामले चिनिन्छन्, त्यसमध्ये कोलम्बिया देश पनि एक हो।

यसरी मसालाको व्यापार गर्ने मनसायबाट प्रारम्भ भएको उनको विश्व यात्राले अन्ततः अमेरिकाजस्तो शक्तिशाली मुलूक विश्व मानचित्रमा अगाडि आयो। यात्राका क्रममा उनी कैयौंपटक हराए। तर, निरास भएनन्। तिनै कोलम्बसको ५६ वर्षको उमेरमा २० मे १५०६ का दिन क्राउन अफ क्यासल अर्थात् हालको स्पेनमा निधन भयो।

एजेन्सी

Comments

Back to top