व्यापारमा यसरी सफल भए ज्याक मा
ज्याकमा चीनमा रहेको इन्टरनेटमा आधारित बिजनेश गु्रप अलिबाबाका संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी चीनको सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनी आफ्नै मेहनतले बनेका मान्छेको एक उत्कृष्ट उदाहरण हुन्।
ज्याक माको जन्म सन् १९६४ अक्टोबर १५ मा चीनको झेजियाङ प्रान्तको हाङ्जोमा भएको थियो । उनका एकजना दाजु र एउटी बहिनी छिन् । मा र उनका दाजुबहिनी त्यस्तो समयमा हुर्किए जुन समय कम्युनिष्ट चीनको दुरी पश्चिमा देशहरुसँग बढिरहेको थियो । उनी एक गरिब परिवारमा जन्मिएका हुन् । सन् १९७२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले हाङ्जोको भ्रमण गरे । त्यसपछि ज्याक माको निवास क्षेत्र पर्यटकका लागि आकर्षकको क्षेत्र बन्न पुग्यो ।
ज्याक माले आफ्नो किशोरवस्थामा पर्यटकहरुलाई पथ प्रदर्शन गर्ने काम गर्न शुरु गरे । उनले अंग्रेजी भाषा सिक्नका लागि विदेशी पर्यटकहरुलाई निशुल्क विभिन्न ठाँउ घुमाउने गर्दथे । पर्यटकहरुलाई घुमाउने क्रममा उनीहरुसँग अंग्रेजीमा वार्तालाप गर्दै उनले अंग्रेजी भाषा सुधार गर्न थाले । उनले यो काम नौ वर्षसम्म गरे । उनको वास्तविक नाम भने मा युन हो । तर , उनका एक जना पर्यटक साथीले यो नाम उच्चारण गर्न अप्ठयारो लागेर उनको नाम ज्याक मा राखिदिएका थिए ।
माले एच्चशिक्षा हासिल गर्नका लागि धेरै संघर्ष गर्नुपरेको थियो । विद्यालय तहको शिक्षा होस् वा उच्चशिक्षा तह, उनी धेरैपटक फेल भए । वर्षमा एकपटक मात्र हुने चिनियाँ इन्ट्रान्स परीक्षा पास गर्न उनलाई ४ वर्ष लागेको थियो । त्यसपछि सन् १९८८ मा उनले हाङ्जो टिचर्स इन्स्टिच्युटबाट अंग्रेजीमा स्नातक पुरा गरे । पछि उनले बेइजिङस्थित चेउङ कोङ ग्राजुएट स्कुल अफ बिजनेशबाट सन् २००६ मा स्नातक पुरा गरे ।
करिअर
उनले स्नातक तहको पढाइ पुरा गरेपछि ३० ओटाभन्दा बढी स्थानमा रोजगारीका लागि आवेदन दिएका थिए । तर हरेक अन्तर्वार्तामा उनलाई आयोग्य भन्दै फिर्ता पठाइएको थियो त्यही पनि उनले हार मानेनन् र राजगारीका लागि आवेदन दिन छाडेनन् । उनले प्रहरी अधिकृत हुनका लागि पनि आवेदन दिएका थिए । तर उनलाई प्रहरी अधिकृतिको जाँचमा एक दिन पनि राखिएन । उनलाई तिमि योग्य छैनौ भन्दै फर्काइयो ।
यर्सैगरी , केएफसीले कामदारको खोजी गरेको थियो । त्यसका लागि ज्याक पनि अन्तर्वार्ता दिन गएका थिए ।
अन्तर्वार्ता दिनेमा उनीसँगै २४ जना थिए । २४ जना मध्य २३ जनालाई केएफसीले छान्यो भने उनी अन्तर्वार्ताबाट फालिए । सन् २०१६को वल्र्ड इकोनिमिक फोरममा आफु हार्भर्ड विश्वविधालयबाट पनि १० पटक रिजेक्ट भएको कुरा खुलाएका छन् । अन्ततः ज्याकले अंग्रेजी शिक्षकका रुपमा आफ्नो करिअर सुरु गरेका थिए । त्यो समयसम्म इमेल पठाउने र प्राप्त गर्नेबाहेक उनलाई कम्प्युटरबारे राम्रो ज्ञान थिएन । शिक्षकका रुपमा उनले पहिलो कमाइ प्रतिमहिना लगभग १९ अमेरिकी डलरबराबर थियो ।
अलिबाबा डटकमको आधार र सञ्चालन
सन् १९९५ मा ज्याक मा अमेरिकाको भ्रमणमा निस्किए । त्यही समय उनले जीवनमा पहिलोपटक इन्टरनेट प्रयोग गर्ने अवसर पाए । त्यो बेलासम्म कम्प्युटर र कोडिङको कुनै अनुभव नभएका उनी इन्टरनेटबाट निकै प्रभावित भए । उक्त समय उनले भर्खरै ट्रान्स्लेसन बिजनेश सुरु गरेका थिए । खासमा एउटा चिनियाँ कम्पनीको पेमेन्ट उठाइदिन ज्याक अमेरिका गएका थिए । इन्टरनेट प्रयोग शब्द थियो बियर तर उनले एउटै पनि चाइनिज बियर सर्च रिजल्टमा नदेखेपछि अचम्भित भए । यसपछि उनले चीनमा गएर इन्टरनेट कम्पनी खोल्ने संकल्प लिए ।
अमेरिकाबाट फर्किएर उनले इन्टरनेट कम्पनी खोल्ने गृहकार्य थाले । कम्पनी खोल्नका लागि उनले गरेका पहिलो दुई वटा भेन्चर असफल भए । चार वर्षपछि उनले आफ्ना १७ जना साथीहरुलाई जम्मा गरेर उनले भिजनअनुरुपको अनलाइन मार्केट प्लेसमा लगानी गर्न मनाए । उनले अलिबाबा कम्पनीका लागि पहिलो चरणमा ६० हजार अमेरिकी डलर जुटाएका थिए त्यो पनि २ घन्टाभित्र । उनले उनको कुराबाट प्रभावित भएर उनका साथीहरुले तत्कालै उनलाई रकम दिएका थिए ।
यस्तो अनलाइनको नाम अलिबाबा राख्ने उनको प्रस्ताव थियो । उनले कम्पनीको नाम सबैले सजिलै बताउन सक्ने र विश्वभर चिनिएको नाम राख्न चाहन्थे । अरबी कथाका पात्र अलिबाबाका कथा समेटिएको किताब वान थाउजेन्ट एन्ड वान नाइट्स विश्वभर सबैले पढ्ने भएकाले उनको कम्पनीको नाम पनि अलिबाबा राखेका थिए । सन् १९९९ अप्रिल ४ बाट चीनको हाङ्जोमा अलिबाबाको स्थापना ज्याकले गरे ।
अलिबाबाले निर्यातकर्तालाई प्रडक्टहरुको सुची पोस्ट गर्न र ग्राहकले सीधै खरिद गर्न सक्ने सुविधा दियो । लगत्तै यो सेवाले विश्वभरका मानिसको ध्यानाकर्षण गर्न सफल भयो । सन् १९९९ अक्टाबरसम्म आइपुग्दा गोल्डम्यान स्याच्स नामक अमेरिकाको मल्टिनेशनल फाइनान्स कम्पनीबाट ५० लाख अमेरिकी डलर र जापानको टेलिकम कम्पनी सफ्टबैंकबाट २ करोड अमेरिकी डलर लगानी उठाउन सफल भए ।
सन् २००५ मा याहुले अलिबाबाको ४० प्रतिशत कम्पनी सेयरका लागि १ अर्ब अमेरिकी डलर लगानी ग¥यो । यो बेला चीनमा इबे लाई उछिन्न प्रतिस्पर्धा गरिरहेको अलिबाबालाई याहुको उक्त लगानी के खोज्छस् कानो आँखो भनेझै भयो । यसैगरी याहुले पनि अलिबाबाको आइपिओबाट मात्रै १० अर्ब अमेरिकी डलर हासिल गर्न सफल भयो । सन् २०१३ मा ज्याक माले सिइओको पद छोडे र एक्जुकेटिभ चेयरम्यान भएर काम गर्न थाले अलिबाबा सन् २०१४ सेप्टम्बर १९ बाट पब्लिकमा गएको छ ।
अहिले अलिबाबा विश्वको सबैभन्दा प्रभावशाली रिटेलर बनिसकेको छ । अमेजन डटकम र इबेको संयुक्त आम्दानीभन्दा बढी आम्दानी अलिबाबाको छ । अलिबाबा डटकममा झन्डै एक अर्ब प्रडक्ट राखिएका छन् भने यो विश्वको २० सबैभन्दा बढी भिजिट गरिने वेबसाइट मध्ये पर्दछ ।
आगामि २० वर्षभित्र अलिबाबाले १ कारोड प्रोफिटेबल बिजनेश र १० कारोड रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ ।
एजेन्सी
Comments