भारतको झारखण्डमा बर्डफ्लूको प्रकोप बढ्यो

भारतको झारखण्ड राज्यमा बर्डफ्लूको प्रकोप बढेको भन्दै कुखुरा तथा हाँस मार्न थालिएको छ । झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लु भेटेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउदै हाँस तथा कुखुरा नष्ट गर्न थालेका हुन् ।

पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले त्यस क्षेत्रको कुखुरा फार्ममा अहिलेसम्म  सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ । कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि नष्ट गरिएको खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top