गाजामा सहायता आपूर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्ल्यूएचओ प्रमुखको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । उनले गाजाको युद्ध क्षेत्रमा झन्डै सात सय जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपत्कालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्ल्यूएचओ प्रमुख गेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताएका हुन् । गाजामा कहालीलाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको उनले उल्लेख गरे ।

उत्तरी गाजामा दुई वटा मात्र अस्पतालले सेवा प्रवाह गरिरहेको तर त्याे सेवा अपुग देखिएकोले स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने टेड्रोसले बताए ।

एजेन्सी

Comments

Back to top