यस्तो देश जहाँ महिलालाई रातो लिपिस्टिक लगाउन प्रतिबन्ध छ

उत्तर कोरिया एउटा त्यस्तो देश हो, जहाँ आम जनताले आफ्नो शासक किम जोंग उनद्वारा बनाइएको कडा नियम पालना गर्नुपर्छ । यो देशमा कतिपय नियम अचम्मका छन् ।

यहाँसम्म कि यस देशमा पहिरनदेखि लिएर कपालको स्टाइलका लागि पनि नियम बनाइएको छ ।

यस देशमा तानाशाह किम जोंगले केही राष्ट्रिय फेसन तथा कस्मेटिक ब्रान्डमा प्रतिबन्ध पनि लगाएका छन् । जसले गर्दा मानिसहरु त्यस ब्रान्डका सामान खरिद गर्न पाउँदैनन् ।

यति मात्र नभएर उत्तर कोरियामा महिलालाई रातो लिपिस्टिक लगाउन पनि प्रतिबन्ध लगाइएको छ । यसको पछाडि किम जोंगको सोंच पनि एकदमै अचम्म लाग्ने खालको छ ।

त्यसो त रातो रंगको साम्यवादसँग ऐतिहासिक सम्बन्ध छ । तर पनि किमले उत्तर कोरियामा रातो रंगको लिपिस्टिक लगाउन प्रतिबन्ध लगाएका छन् ।

उनले रातो लिपिस्टिकलाई पूँजीवाद र व्यक्तिवादसँग जोडेर हेर्छन् । यसलाई कम्युनिष्ट विचारको रुपमा देख्दैनन् । त्यहाँका शासकलाई चिन्ता छ कि रातो लिपिस्टिक लगाउँदा महिला आकर्षक देखिन सक्छन्। यसरी आकर्षक महिला सरकारविरुद्ध जानसक्ने उनीहरुको आशंका छ ।

उत्तर कोरियामा रातो रंगको लिपिस्टिकमा मात्र नभएर महिलालाई हेवी मेकअप गर्न पनि अनुमति छैन । यसलाई पश्चिमा संस्कृतिको प्रभावको रुपमा देखिन्छ । त्यहाँको कानुनअनुसार महिलाले सामान्य मेकअप मात्र गर्न पाउँछन् ।

साथमा त्यहाँ कपालको लागि पनि सीमित स्टाइल मात्र राख्न पाउने अनुमति छ । पुरुषका लागि १० र महिलाका लागि केवल १८ वटा हेयर स्टाइल गर्न स्वकृति दिइएको छ ।

एजेन्सी

Comments

Back to top