९९ देशमा पुग्यो स्टारलिङ्कको स्याटलाइट इन्टरनेट

स्याटलाइट कनेक्टिभिटीमा आधारित स्टारलिङ्कको इन्टरनेट विश्वका ९९ देशमा उपलब्ध भएको छ । सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीका मालिक एलन मस्कले स्टारलिङ्क इन्टरनेट ९९ देशका ३० लाख बढी प्रयोगकर्तामाझ पुगेको उल्लेख गरेका हुन् । 

हालै एसियाली मुलुक इन्डोनेसियामा भ्रमणमा आएका मस्कले सो देशमा पनि इन्टरनेट उपलब्ध भएको घोषणा गरेका थिए । इन्डोनेसियाका १७ हजार बढी टापुबाट स्टारलिङ्कको पहुँच पाउन सकिने उनले जानकारी दिए । “स्टारलिङ्क डटकमबाट दुई मिनेटमा सजिलै इन्टरनेट कनेक्सन अनलाइन अर्डर गर्न सकिन्छ,” मस्कले भनेका छन् ।

एजेन्सी

 

 

Comments

Back to top