सामसङको ग्यालेक्सी एम१५ फाइभजी नेपालमा

सामसङ नेपालले ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सिरिजमा नवीनतम विशेषताहरू थप गरेर यो फोन निर्माण गरिएको हो ।

कम्पनीका अनुसार यो स्मार्टफोन ब्लु टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । साथै, यसमा छ हजार एमएएच ब्याट्रीको रहेको छ, जसले स्मार्टफोनलाई दुई दिनसम्म पावर गर्न सक्छ । यो फोनमा २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो डिभाइसमा ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपी फ्रन्ट क्यामेरा छ । साथै, यो फोनमा डिफेन्स ग्रेड नोक्स सेक्युरिटी पनि समावेश छ । हार्डवेयरमा आधारित सुरक्षा प्रणालीले प्रणालीको मुख्य प्रोसेसर र मेमोरीबाट भौतिकरूपमा अलग्गै सुरक्षित बनाएर हार्डवेयर र सफ्टवेयर आक्रमणविरुद्ध राम्रो सुरक्षा प्रदान गर्छ । यसका साथै यसमा क्विक सेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइलहरू, फोटोहरू र कागजातहरू टाढा भए पनि ल्यापटप र ट्याबलगायतका कुनै पनि अन्य उपकरणसँग सेयर गर्न सकिनेछ ।

ग्यालेक्सी एम१५ फाइभजीको मूल्य ६+१२८ जीबी स्टोरेज भेरिएन्टको लागि २५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । साथै, देशभरका दुई हजारभन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा लिएर शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा सजिलैसँग यो नयाँ फोन किन्न सकिनेछ ।

एजेन्सी

Comments

Back to top