स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई उपचारार्थ अस्पताल लगिएको छ ।

स्थानीय सञ्चारमाध्यमले उनको पेट पाखुरा र खुट्टामा गोली लागेको जनाएका छन् । सरकारी बैठकबाट बाहिरिने क्रममा उनीमाथि ह्यान्डलोभा सहरमामा गोली प्रहार भएको हो । घटनास्थलमा रहेका पत्रकारका अनुसार थुप्रै गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाएको आरोप एक जनालाई नियन्त्रणमा लिएको छ ।

भिडियोमा गोली चल्नबित्तिकै केही व्यक्तिहरू गोली चलाएको भनिएका मानिसलाई पक्राउ गर्न दौडिरहेको देखिन्छ । स्लोभाकियाका राष्ट्रपति जुजाना सापूतोवाले हमलाबाट आफू स्तब्ध भएको बताएका छन् । घटनाबारेमा थप जानकारी आइसकेको छैन । प्रधानमन्त्रीको फेसबुक पेजमा उनी कठिन अवस्थामा रहेको जनाइएको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले एक्समा घटनाबाट आफू ‘सक’ भएको जनाएका छन् । अन्तर्राष्ट्रिय विभिन्न व्यक्तित्वले घटनाको निन्दा गरेका छन् ।

स्लोभाकियाको आन्तरकि मामिला सम्बन्धी मन्त्रालयले प्रधानमन्त्रीको हत्या गर्न प्रयास भएको जनाएको छ ।

एजेन्सी

Comments

Back to top