जसपा दर्ता यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले अशोक राई नेतृत्वको पार्टी जसपाको दर्ता यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको नाममा यस्तो आदेश जारी गरेको हो ।

जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले राईको नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो ।

सोविरूद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

एजेन्सी

Comments

Back to top