प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल

सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सदन खुलाउने विषयमा छलफल भएको छ ।

संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आइरहेको संसद अवरोधको विषयमा चिन्ता व्यक्त गरेका छन् ।

सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताएका थिए ।

संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने भन्दै सदन खुलाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रचण्डसँग अपिल गरेका छन् ।

बैठकमा प्रधानमन्त्री दाहालले सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका थिए ।

एजेन्सी

Comments

Back to top