सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा 'उत्सव र उमङ्ग, सिटी एक्स्प्रेससँग' कार्यक्रम गर्दै

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले आउदो मे १९ तारिख युएईस्थित बरदुबईको केसेभेन क्लबमा सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिने बताइएको छ।

कार्यक्रममा हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, गायिका मिलन नेवार, लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्तीश्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिने भएका छन्। 

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएई बाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको कमाइ पठाउन सकिरहेको भन्दै यस कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। 

एजेन्सी

 

Comments

Back to top