'कोका-कोला महोत्सव' योजना सार्वजनिक

कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकहरूले रेष्टुरेन्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। 

यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एन्ड सीएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेन्टहरूसँग सहकार्य गरेको कोका-कोलाले जनाएको छ। 

यी रेष्टुरेन्टहरूमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरूले २० देखि २५ प्रतिशतसम्मको छुट अथवा केही खानाहरूसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन्।

कोका–कोलाको कोक प्लस मिल्स् क्याम्पेनको नयाँ संस्करणको रूपमा ल्याइएको यो योजना वैशाख २६ देखि चलिरहेको छ। उक्त महोत्सव आगामी जेठ २५ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।  

एजेन्सी

Comments

Back to top