एमजी ४ लाई २०२४को उत्कृष्ट कारको उपाधि

एमजी ४ इभीले २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ।

न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ।

अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले एमजीको प्रशंसा गर्ने आफूहरु पहिलो नभएको बताएका छन्। उनले एमजी४ को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित भएको स्पष्ट पारे।

गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्ण रूपमा विद्युतिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ।

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजीले नेपालमा पनि लोकप्रियता कमाउँदै आएको छ।

३०० भन्दा धेरै दक्ष इन्जिनियरहरूले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरू यूरोपेली कानून र ग्राहकहरूको मागको उचित सम्बोधन गर्न प्रसिद्ध छ।

एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजी ४ ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी तीन वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस र एमजी एसटर गरी ३ वटा मोडेलका इन्धन गाडीहरू बिक्री वितरण गर्दै आएको छ। 

एजेन्सी

Comments

Back to top