सुहाङले लिए सांसदको शपथ

उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले पदको शपथ लिएका छन्।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनलाई शपथ खुवाएका हुन्। शपथपछि उनलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन्।

सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन/नियमका सामग्री प्रदान गरेका थिए।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए। 

एजेन्सी

 

Comments

Back to top