सर्वोत्तम सिमेन्टको नाफा ३२.३० प्रतिशत बढ्यो

सर्वोत्तम सिमेन्टको नाफा बढेको छ । ९ महिनामा कम्पनीले १२ करोड बढी खुद नाफ आर्जन गरेको छ।कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३२.३० प्रतिशत बढेर १२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले ९ करोड १२ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले साढे ४ अर्बको व्यापार गरेको छ । कम्पनीको बिक्री आम्दानी पनि २५.१६ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यता, अन्य आम्दानी पनि साढे ८ गुणा वृद्धि भई ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । यसरी बिक्री आम्दानी र अन्य आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि वृद्धि भएको हो ।

हाल कम्पनीको ४ अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीले प्रतिसेयर आम्दानी (इपिएस) सामान्य बढेर ३ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ ।

एजेन्सी

Comments

Back to top