जसपा विभाजनमा आफ्नो भूमिका नरहेको प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपा नेपाल विभाजनमा आफ्नो भूमिका नरहेको दाबी गरेका छन्।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकबाट बाहिरिने क्रममा उनलाई जसपा विभाजनमा उनको भूमिकाबारे पत्रकारले प्रश्न गरेका थिए।

जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको आशंका भइरहेका छन्। प्रधानमन्त्रीले भने आफूमाथिको आशंका अस्वीकार गरेका हुन्।

उनले मंगलबार बिहान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा मिलेर जान आग्रह गरेका थिए।

एजेन्सी

 

Comments

Back to top