सुपर मादी हाइड्रोपावरको खुद नाफा बढ्यो

सुपर मादी हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ह्वातै बढेको छ । गत वर्ष १ करोड ७ लाख ६० हजार रुपैयाँ नोक्सानी व्यहोरेको यस कम्पनीले यो वर्ष ९ करोड २ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानीमा अकर्षक वृद्धि भएसँगै खुद नाफा ह्वातै बढेको हो ।१ वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी ७०१६.७३ प्रतिशतले बढेर ९४ करोड ५५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट १ करोड ३२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यता, गत वर्ष १ करोड ३० लाख २१ हजार रुपैयाँ रहेको कुल आम्दानी यो वर्ष ९२ करो ७७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा छ । प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा छ ।

एजेन्सी

Comments

Back to top