कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

एजेन्सी

Comments

Back to top