जेलेन्स्की रुसको ‘वान्टेड’ सूचीमा

रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरेको शनिबार एक सरकारी डेटाबेसले देखाएको छ।

अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक अनलाइन डेटाबेसमा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा देखाइएको छ । यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित हुनुहुन्छ भनिएको छ। 

जेलेन्स्कीलाई सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन । सन् २०२२ फेब्रुअरीमा आफ्नो सैन्य आक्रमणको सुरुआतपछि मस्कोले जेलेन्स्कीलाई निशाना बनाएको छ । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत वर्ष आफूविरुद्ध हत्याका कम्तीमा ‘पाँच वा छ’ प्रयास असफल भएको थाहा भएको बताएका छन् । 

युक्रेनमा सेना पठाउनुभन्दा अघिल्लो दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा गरेको सम्बोधनमा युक्रेनी सेनासँग जेलेन्स्कीलाई पराजित गर्न आह्वान गरेका थिए । रुसले धेरै विदेशी राजनेता र सार्वजनिक हस्तीहरूलाई आफ्नो वाञ्छित सूचीमा राखेको छ । 

एजेन्सी

Comments

Back to top