इलाममा एमाले विजयी, कांग्रेस ५ हजार बढी मतले पराजित

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० भोटले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

२०७९ को निर्वाचनमा कांग्रेसका खड्का सुवाससँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले छोरा सुहाङसँग फराकिलो मतान्तरमा हारेका छन् ।
अघिल्लोपटक कांग्रेस नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनबाट चुनाव लडेको थियो । यो पटक एक्लै लडेको थियो । यो पटक माओवादी केन्द्रले एमालेलाई साथ दिएको थियो ।

एजेन्सी

Comments

Back to top