सानिमा जीआइसी इन्स्योरेन्सको बार्षिक साधारणसभा आज

सानिमा जीआइसी इन्स्योरेन्सले आज बार्षिक साधारणसभा बोलाएको छ । सेयरधनीका लागि लाभांश घोषणा नगरेको कम्पनीले हकप्रद सेयर भने जारी गर्ने प्रस्ताव ल्याएको छ ।

कम्पनीले सभामा ५० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा लैजान लागेको हो ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गर्नेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गरिसकेको छ । साधारण सभा सभा अमृतभोग कालिकास्थानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top