मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा

इस्लाम धर्मावलम्वीले आज हर्षोल्लासपूर्वक ईद पर्व मनाउदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि उनीहरुले आज ‘इदउलफित्र’ मनाउन लागेका हुन् ।

बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर एक अर्कामा शुभकामना गदै पर्व मनाउने गरिन्छ ।

‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ नमाज पढ्ने गर्छन् ।

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र(ईद)को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

एजेन्सी

Comments

Back to top