शारिरीक अशक्तताका बाबजुद सफलता हासिल गर्ने यी विश्व चर्चित व्यक्तित्वहरु

हाम्रो सपनालाई छेक्ने ताकत हामी बाहेक यो दुनियामा अर्को कोही छैन । आत्मविश्वास र लगन जोड्ने हो भने हामी जस्तोसुकै विषम परिस्थितीका बाबजुद पनि सफलताको त्यो अग्लो उचाई अवश्य चुम्न सक्दछौँ ।

यी व्यक्तित्व आफ्नो शारिरीक अशक्तताका बाबजुद पनि सफलता हात पारेर विश्व चर्चित छन् ।

१) टेनिस खेल्नका लागि रोजर क्राफोर्डसँग सबैकुरा थियो सिर्फ दुई हात र एउटा खुट्टा थिएन । तर निरन्तरको लगावद्वारा उनी अमेरिकाको प्रख्यात टेनिस टिचिङ प्रोफेशनल बन्न सफल भए ।

२) डब्लु मिशेलको मोटरसाइकल दुर्घटनामा आधा शरीर जल्छ । र हवाइ दुर्घटनामा आधा शरीर पक्षघात भयो । यद्यपी उनले हरेश खाइनन् र अमेरिकि संसदको चुनाव जित्न सफल भइन ।

३) स्टिफेन हकिङलाई सानैमा बीक् रोग लाग्छ र डक्टरले उनको आयु तोकिदिए । उनी हिड्न, बोल्न सक्दैनन् यद्यपी उनले विज्ञान ठूलो योगदान प्रदान गर्न सफल भएका छन् ।

४) प्याटी विल्सनले दौडेर विश्व किर्तिमा राख्ने सपना देख्दा उनको बाधक थियो छारे रोग । सबैले उनलाई सक्दैन भन्थे यद्यपी उनले पूर्णआत्मविश्वास राखिन र सपना साकार पारिन ।

५) मदन पुरस्कार जित्ने झमक घिमिरेसँग लेख्नका निम्ती हात छैनन् । तर उनीसँग इच्छाशक्ति थियो । उनले निरन्तर संघर्ष गरिन र आजको स्थानसम्म आउन सफल भइन ।

एजेन्सी

Comments

Back to top