बिहिबार नेप्से परिसूचक २.७३ अंकले घट्यो!

बिहिबार नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०२ कम्पनीको कुल ६९ लाख ६३ हजार ३५९ कित्ता सेयरको करिब ३ अर्ब ३ करोड ७२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ, १२८ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक  घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स् पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.२४% ले घटेको छ। कारोबार रकमका आधारमा गुर्खाज फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेट्स लिमिटेडको कारोबार भयो।

Comments

Back to top