विद्युतीय गाडी उत्पादनका लागि थप ५० अर्ब डलर लगानी गर्ने हुन्डाईको घोषणा

हुन्डाईले विद्युतीय गाडी उत्पादनका लागि थप साढे ५० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । हुन्डाईले विद्युतीय कार उत्पादन तथा बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्ममा थप साढे ५० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर एलोन मस्कको टेस्ला र चिनियाँ कम्पनी बीवाईडीपछि दक्षिण कोरियाली कम्पनी हुन्डाई विद्युतीय गाडी उत्पादन क्षेत्रमा पछि परेको छ।

हुन्डाईले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख वटाभन्दा धेरै पुर्याउने लक्ष्य राखेर विश्वव्यापी विद्युतीय कारको पहिलो तीन स्थानभित्र पर्ने प्रयास गरिरहेको छ । हुन्डाईको नयाँ योनाअनुसार दक्षिण कोरियामा ८० हजार नयाँ रोजगारी सिर्जना गर्नुका साथै तीन वटा नयाँ विद्युतीय कार निर्माण कारखाना स्थापना गर्नेछ । एजेन्सी   

Comments

Back to top