यात्रा गर्दा शरीरलाई हुने फाइदा

कतिपय मानिस डुल्न घुम्न एकदमै रुचाउने गर्छन् । तर यात्रा गर्नु भनेको एउटा शौख तथा रुची मात्र नभएर कसरत पनि हो । यसक्रममा तपाईं हिँड्ने, दौडने गर्नुभएको हुन्छ जसले तपाईंको शरीरलाई कैयौं फाइदा गर्छ ।

यात्रा तपाईंको मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । घुम्ने क्रममा नयाँ नयाँ मानिससँग भेट हुन्छ, नयाँ स्थान देखिन्छ । यस क्रममा तपाईंको दिमागले नयाँ सूचनालाई एकत्रित गर्न धेरै कोषिकाहरु निर्माण गर्दछ ।

घुम्नाले तनाव पनि कम हुन्छ । तपाईंले प्रायः देख्नुभएको होला जब मानिसमा तनाव हुन थाल्छ, ऊ पहाड तथा एकान्त स्थानहरुमा घुम्न निस्कन्छ । घुम्नाले शरीरमा ह्याप्पी हर्मोनको संख्या बढ्ने गर्छ ।

घुम्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । हृदयघातको मुख्य कारण तनाव हो । अत्यधिक तनाव लिनाले मुटुमा एकदमै धेरै नोक्सान हुन्छ । यस्तोमा जब तपाईं घुम्नुहुन्छ, तनाव कम हुन्छ र मुटु सुरक्षित रहन्छ ।

समुद्र वा पहाडमा घुम्नाले तपाईंको शरीरमा पनि आराम प्राप्त हुन्छ । त्यस्तै प्रदुषणमुक्त स्थानमा घुम्नाले शरीरको दुषित तत्व पनि बाहिर निस्कन्छ ।

घुम्नाले शरीरमा आरामदायी महसुस हुन्छ । तर यसक्रममा केही शारीरिक गतिविधि पनि गर्न जरुरी हुन्छ । यसका लागि वरपर घुम्ने वा मर्निंग वाक गर्न सक्नुहुन्छ । त्यसैले घुम्नका लागि आफ्नो जीवनमा पक्कै समय निकाल्नुहोस् ।

Comments

Back to top