पोषक तत्वले भरिपुर्ण अनारका फाइदै फाइदा

फलफूल हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ। यी खानेकुराले धेरै समस्याबाट मुक्ति मिल्छ । अनार यी फलहरू मध्ये एक हो, जुन यसको रसले भरिएको रातो बीउको लागि परिचित छ । यो फल खानमा मिठो र स्वादिलो हुनुका साथै हाम्रो स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक छ । विशेषगरी रगत बढाउनका लागि खाइन्छ । यद्यपि यसमा पाइने एन्टिअक्सिडेन्ट, भिटामिन सी र के र पोटासियम जस्ता खनिजहरूले अन्य स्वास्थ्य लाभहरू पनि प्रदान गर्छन् । यसमा फाइबर पनि हुन्छ, जुन पाचनका लागि फाइदाजनक हुन्छ। आउनुहोस् अनारका अन्य फाइदाहरू जानौं–

मुटु र दिमागको लागि लाभदायक
अनारको जुस मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले रक्तचाप कम गर्न, ीम्ी (खराब) कोलेस्ट्रोलको स्तर कम गर्न र समग्र हृदय कार्यमा सुधार गर्न मद्दत गर्न सक्छ।

पाचन स्वास्थ्य सुधार
प्रशस्त मात्रामा फाइबर हुने भएकाले अनारको जुस पाचन सम्बन्धी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । फाइबरले आन्द्राको चाललाई नियमित गर्न, कब्जियत रोक्न र स्वस्थ पाचन प्रणाली कायम राख्न मद्दत गर्छ ।

प्रतिरक्षा प्रणाली सुधार
अनारको जुसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बढावा दिन र संक्रमणबाट जोगाउन सकिन्छ । भिटामिन सीले एन्टिअक्सिडेन्टको रूपमा पनि काम गर्छ, जसले रोग निम्त्याउने भाइरस र ब्याक्टेरियाहरू विरुद्ध शरीरको प्राकृतिक प्रतिरक्षालाई बलियो बनाउन मद्दत गर्छ।

क्यान्सरबाट बचाउन
केही अध्ययनहरूले अनारको रसमा क्यान्सर प्रतिरोधी गुणहरू हुनसक्ने देखाएको छ । किनभने यसमा ठूलो मात्रामा एन्टिअक्सिडेन्ट र अन्य बायोएक्टिभ यौगिकहरू छन्।

एन्टी–इन्फ्लेमेटरी
अनारको रसमा एन्टी–इन्फ्लेमेटरी गुणहरू भएका यौगिकहरू हुन्छन्। यी यौगिकहरूले शरीरमा सूजन कम गर्न मद्दत गर्दछ, जुन गठिया, क्यान्सर, र अल्जाइमरसहित विभिन्न पुरानो रोगहरूसँग जोडिएको छ।

छाला र कपालको लागि लाभदायक
अनारको जुसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छाला र कपाललाई चम्किलो बनाउन र कोषहरूलाई क्षति हुनबाट जोगाउन मद्दत गर्छ। अनारको जुसको नियमित सेवनले क्यान्सर र मधुमेह जस्ता दीर्घकालीन रोगको जोखिमलाई कम गर्न मद्दत गर्छ ।

Comments

Back to top