चीनमा नयाँ वर्ष र वसन्त महोत्सवको ४० दिनमा ८ अर्ब ४० करोडभन्दा धेरै यात्रुले यात्रा गरे

चीनमा नयाँ वर्ष र वसन्त महोत्सव यात्राको ४० दिनमा आठ अर्ब ४० करोड जनाभन्दा धेरै यात्रुले यात्रा गरेका छन् । विश्वमै धेरै चहलपहल हुने चिनियाँ नयाँ वर्ष र वसन्त महोत्वस यात्रा सकिएको छ ।

चीनको यातायात मन्त्रालयका अनुसार हिजोसम्म आठ अर्ब ४० करोड जना यात्रुले देशका विभिन्न ठाउँको यात्रा गरेका छन् । रेलबाट चार अर्ब ८० करोड, समुद्री पानी जहाजमा दुई करोड ९० लाख र विमानमार्फत आठ करोड ३० लाख यात्रुले यात्रा गरेका छन् । बाँकी सार्वजनिक बस र निजी गाडीमा यात्रा गर्ने रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सार्वजनिक बसबाटै एक अर्ब ११ करोड यात्रुले यात्रा गरेको अनुमान छ ।

गएको जनवरी २६ मा शुरु भएको नयाँ वर्ष र वसन्त महोत्सव यात्राले चीनलाई निकै चलायमान बनाएको छ। यो समयमा लाखौँ मानिस आफ्नो परिवारसँग पुनर्मिलन गर्न र घुमफिरका लागि निस्कने गर्दछन् । अर्बाैँ नागरिक यात्रामा निस्कँदा चीनको यातायात प्रणालीलाई अझै सुधार गर्नुपर्ने देखिएको खबरमा उल्लेख छ । नयाँ वर्ष र वसन्त महोत्सव यात्राले चीनको अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा दिएको छ । एजेन्सी

Comments

Back to top