आइतबार नेप्सेमा ११.७८ अंकको गिरावट!

आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल ५५ लाख ७४ हजार २०७ कित्ता सेयर २ अर्ब ८ करोड २७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ, १७३ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा ग्लोबल आएमइ लघुवित्त वीत्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.४९% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड २० लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top