भाजपाका १९५ उम्मेदवारको नाम सार्वजनिक, मोदी वाराणसीबाट चुनाव लड्ने

भारतको लोकसभा चुनावका लागि सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले १९५ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । १६ राज्य र २ केन्द्र शासित प्रदेशमा १९५ जनाको नाम जारी गरिएको हो । जसमा ३४ केन्द्रीय मन्त्रीले टिकट पाएका छन् ।

टिकट पाउनेमा २८ महिला, २७ एससी, १८ एसटी, ५७ ओबीसी रहेका छन् । ५० वर्ष भन्दा मुनिका ४७ जना उम्मेदवार रहेका छन् । 

भाजपाले बाँडेको टिकटअनुसार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने लाइनमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी र अमित शाह गान्धीनगरबाट चुनाव लड्ने छन् । 

मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज विदिशाबाट, त्रिपुराका पूर्व मुख्यमन्त्री बिप्लब देव त्रिपुरा पश्चिमबाट तथा असमका पूर्व मुख्यमन्त्री सर्बानन्द सोनोवाल डिब्रुगढबाट चुनाव लड्ने छन् । 

लोकसभा अध्यक्ष ओम बिडला आफ्नो सिट कोटाबाट चुनाव लड्ने छन् । भाजपाले एक जनामात्र मुस्लिम उम्मेदवार उठाएको छ । उनी डा. अब्दुल सलाम हुन्। उनलाई केरलको मलप्पुरमबाट टिकट दिइएको छ । 

१९५ जनाको सूचीमा भोजपुरी कलाकार मनोज तिवारी, रवि किशन, दिनेश लाल र पवन सिंह पनि सामेल रहेका छन् । 

नाम जारी गरिएकामा उत्तर प्रदेशका ५१, मध्य प्रदेशका २४, पश्चिम बंगालका २०, राजस्थानका १५, गुजरातका १५, केरलका १२, असमका ११, झारखण्डका ११, छत्तीसगढका ११, तेलंगानाका ९, दिल्लीका ५, उत्तराखण्डका ३, जम्मूकश्मीरका २, अरुणाचलका २ तथा गोवा, त्रिपुरा, अन्डमान–निकोबार र दमन तथा दीपबाट १–१ जना छन् । 

Comments

Back to top