२०२३ काे पछिल्लो ३ महिनामा भारतको अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले बढ्यो

सन् २०२३ को पछिल्लो तीन महिनामा भारतको अर्थतन्त्र आठ दशमलव चार प्रतिशतले बढेको छ । योसँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ ।

भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण भएको छ। अर्थतन्त्रमा अपेक्षा गरेभन्दा राम्रो हुनुमा उत्पादन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको खबरमा उल्लेख छ । भारतमा निजी उपभोगले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई तिहाइ हिस्सा ओगटेको छ।

यस अवधिमा यो दर तीन दशमलव पाँच प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा भारतको अर्थतन्त्र छ दशमलव पाँच प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यस्तै चीनको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।

Comments

Back to top