निसानले २०२७ को अप्रिलदेखि जापानमा चालकविनाको ट्याक्सी सेवा शुरु गर्ने

निसान कम्पनीले सन् २०२७ को अप्रिलदेखि जापानमा चालकविनाको ट्याक्सी सेवा शुरु गर्ने घोषणा गरेको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा आउँदो आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण शुरु गर्ने र २०२७ को अप्रिलदेखि व्यावसाययिक सेवा शुरु गर्ने घोषणा गरेको सामाचार संस्था एएफपीले जनाएको छ।

निसानले सन् २०१७ देखि नै जापान र अरू देशमा समेत चालकविनाको ट्याक्सी सेवाबारे परीक्षण गरिरहेको छ ।

गएको वर्ष जापानी कम्पनी होन्डा, अमेरिकी कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । उनीहरूले सन् २०२६ को शुरुमा जापानमा चालकविहीन गाडी सेवा शुरु गर्नेछन् । अर्काे जापानी कम्पनी टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा चालकविनाको सेवा शुरु गर्ने योजना बनाएको छ ।

Comments

Back to top