अब मोटोरोलाका सबै फोनमा गोरिल्ला ग्लास प्रयोग हुने

मोटोरोलाले आफ्ना भविष्यका सबै स्मार्टफोनहरूमा गोरिल्ला ग्लास प्रयोग गर्ने भएको छ । कम्पनीले २०२४ को मध्यदेखि सबै स्मार्टफोनमा गोरिल्ला ग्लास प्रयोग गर्न लागेको हो ।

यसका लागि हालै मोटोरोलाको मुख्य कम्पनी लेनोभो र कोर्निङ कम्पनीबीच साझेदारी भएको छ । जसअनुसार हाई इन्ड फोनमा मात्रै नभई बजेट फ्रेन्ड्ली अर्थात् सस्तो मूल्यका स्मार्टफोनमा पनि गोरिल्ला ग्लास प्रयोग गरिनेछ ।

मोटोरोलाले बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसमा हालै एक कन्सेप्ट फोन समेत सार्वजनिक गरेको छ, जुन नाडीमा बेरेर लगाउन मिल्छ । फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको छुट्टै ब्रासलेट लगाउनु पर्छ । त्यसपछि त्यो फोन घडी जसरी हातमा अडिने र लगाएपछि पनि सजिलै हिंड्न सकिने बताइएको छ । त्यसो गर्दा फोन अङ्ग्रेजी अक्षर ‘यू’ आकारमा बङ्गिने गर्छ । 

Comments

Back to top