रक्तअल्पता हुँदा के खाने ?

शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमी हुनुलाई एनिमिया अर्थात रक्तअल्पता भनिन्छ । रक्तअल्पताको समस्या जोकाेहीमा पनि हुन सक्छ ।

रक्तअल्पता हुनुको मुख्य कारण नै शरीरमा रगतको कमी हो । यसको लागि आहारको भूमिका महत्वपूर्ण हुन्छ । भिटामिन बी १२ र फोलेट जस्ता पोषक तत्वहरूको कमीले पनि एनिमिया अर्थात रक्तअल्पता निम्त्याउँछ। रक्तअल्पतामा केही यस्ता खानेकुरा छन् जसले यसकाे जाेखिम कम गर्छ । 

सागसब्जी : रक्तअल्पता हुँदा हरियाे सागसब्जी खानु राम्रो मानिन्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ। जसले रगतको कमी पुरा गर्छ ।

काउली: एस्कर्बिक एसिड अर्थात् भिटामिन ‘सी’ ले पनि आइरनको कमीले हुने एनिमिया हटाउनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले काउली रक्तअल्पतामा लाभदायिक छ । यसबाहेक बन्दागोभी पनि खान सकिन्छ । बन्दा पनि भिटामिन ‘सी’ काे स्राेत हाे ।

अनारको जुस : अनारको जुसमा आइरन र भिटामिन ‘सी’ दुवै पाइन्छ । दैनिक अनारकाे जुसले रातो रक्त कोशिकाहरूले हेमोग्लोबिन स्तर बढाउन सक्छ।

स्ट्रबेरी । रक्तअल्पताको समस्यामा स्ट्रबेरी पनि गुणकारी मानिन्छ । स्ट्रबेरी भिटामिन ‘सी काे राम्रो स्रोत हो । जसले फलामको अवशोषणमा मद्दत गर्छ। स्ट्रबेरी नियमित खाँदा एनीमियाको स्तरमा सुधार आउँछ ।

रक्तअल्पता चाँडै निको पार्न जीवनशैली पनि परिवर्तन गर्न अत्यावश्यक छ। जीवनशैली सुधारले रक्तअल्पताको स्तर मात्र सुधार नगरी शरीरमा अनय रोग लाग्न बाट बचाउन मद्त गर्छ । त्यसैले, गुणस्तर जीवनशैली स्वस्थ शरीरको लागि अवश्यक छ । रक्तअल्पताबाट बच्न वा यसको स्तर सुधार गर्न, दैनिक योगाभ्यास गर्ने, नियमित स्वास्थ्य जाँच गर्ने, खानपानलाई ध्यान दिने र प्रशस्त्र मात्रामा पानी पिउनु पर्छ ।

Comments

Back to top