आज बालाचतुर्दशी; शिवालयहरुमा श्रद्वालुको घुइँचो

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज हिन्दु धर्मावलम्बीहरुले आफ्ना दिवङ्गत पितृका नाममा शतबीज छरी मनाउदैछन्।

यस अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा महादीपदान गरि रातभर जाग्राम बसेका भक्तजनहरुले आज बिहानै पितृको सम्झनामा शतबीज छर्ने गर्दछन्।

सयवटा बीज अर्थात शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) शिवालय वरपर छर्ने प्रचलन रहिआएको छ। यसरी छरेको बीज उम्रन पर्ने पनि धार्मिक मान्यता रहिआएको छ।

 

Comments

Back to top