एनआईसी एशिया बैंकले पुनः घटायो ब्याजदर

पछिल्लो केही महिनाएता निरन्तर ब्याजदर घटाउँदै आएको एनआईसी एशिया बैंकले पुस महिनाका लागि पुनः ब्याजदर घटाएको छ ।

बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८.६७० प्रतिशतसम्म र संस्थागततर्फ न्यूनतम ५.५०० प्रतिशतदेखि ६.६७० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, बैंकले निश्चित ब्याजदर १३.७० प्रतिशत तोकेको छ भने बैंकको आधार दर (कात्तिक २०८०) १०.७० प्रतिशत रहेको छ ।

Comments

Back to top