गाजामा मानवीय स्थिति खराब अवस्थामा
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले गाजापट्टीमा मानवीय स्थिति एकदमै खराब रहेको भन्दै मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ। डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
गाजाको दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेका छन् । उनले दिगो युद्धविरामको आवश्यकता औंल्याउदै मूर्खतापूर्ण क्षति रोक्न माग गरेका छन् । उनका अनुसार मानवीय संकट बढ्दै जादा सर्वत्र अन्धकार छाए जस्तै भएको छ ।
हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ल्याएको थियो ।
इजराइलले हमासलाई समाप्त पार्ने र सबै बन्धकलाई हमासको कब्जाबाट मुक्त गराउने भन्दै बमबारी जारी राखेको हो । इजरायलका तर्फबाट गाजामा करिब १५ हजार नौ सय मानिस मारिएको बताइएको छ ।
Comments