एनसेल बिक्री प्रकरणको छानबिन गरी कारबाही गछौँ : प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल बिक्री प्रकरणमा छानबिन गरी कारबाही गरिने बताएका छन्।
महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको बताए।
“विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको छ । अहिले फेरि एनसेलको कुरा आएको छ । मैले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु । नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन, छानबिन गरी कारबाही गरिन्छ,” उनले भने ।
Comments